कुमाख गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनता मा.वि रागेचौरलाई

कुमाख गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनता मा.वि रागेचौरलाई

सल्यान माघ १९

कुमाख गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय रागेचौरले हात पारेको छ ।

गत बुधबार देखि सुचारु भएको प्रतियोगितामा जनता मा.बि ले १५ स्वर्ण ४ रजत र २ काश्य सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यसतै उपविजेता बनेको नारायण मावि रूमालगाउले १० स्वर्ण ५ रजत र ५ काश्य सहित द्वितीय स्थान हासिल गरेको छ। भने ३ स्वर्ण ३ रजत र ६ काश्य सहित बुद्ध जनकल्याण मा.बि बडागाउ तृतिय स्थान हासिल गरेको छ ।

त्यस्तै १ स्वर्ण १ रजत र ५ काश्य सहित चौथो स्थानमा महेन्द्र मा.बि जिमाली रहेको छ ।
भने अन्य विद्यालय स्वर्ण पदक बिहिन रहेका छन ।

उक्त समापन कार्यक्रममा बिजेता खेलाडिहरुलाइ सम्मान गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनि र, निवर्तमान उपाध्यक्ष डिल्लीराज जैशीले
विजेता विद्यालय र विद्यार्थीहरुलाइ शुभकामना तथा पराजित विद्यालय तथा विद्यार्थीहरुलाइ अझै अभ्यास र आगामी दिनमा विजय हासिन गर्न निरन्तर प्रयास गर्नु पर्ने कुरामा जोडदिनु भएको थियो ।
पालिका भित्रका ११ वटा मा .बि विद्यालयहरुको सहभागिता रहेको थियो ।