जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड फागुन१५ देखि१७ गतेसम्म नारायण मा.बि मा सञ्चालन हुदै

जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड फागुन१५ देखि१७ गतेसम्म नारायण मा.बि मा सञ्चालन हुदै

सल्यान माघ १०।

सल्यान जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १५ गतेदेखि १७ गतेसम्म कुमाख गाउँपालिकाको नारायण माध्यमिक विद्यालय नेटाबजारमा सञ्चालन हुने भएको छ ।
बुधबार सम्पन्न जिल्ला खेलकुद बिकास समिती सल्यानको बैठकले सल्यान जिल्लास्तरिय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन १५ गते देखि १७ गते सम्म कुमाख गाउँपालिका-२ नारायण मा.बि मा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त निर्णय गर्दै जिल्ला खेलकूद विकास समितिले जिल्लाका दश वटै स्थानीय तहलाई उक्त समयभित्र आफ्नो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेर जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउनका लागि आग्रह समेत गरेको छ ।
यश अघि जिल्लास्तरीय १४ औँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कपुरकोट गाउँपालिकाको जीवन ज्योति नमुना मा.बि रिममा सम्म भएको थियो।