दोस्रो नगरस्तरीय बास्केट बल प्रतियोगितको उपाधि गुरुकुुल एकेडेमी घोराहीको पोल्टामा

दोस्रो नगरस्तरीय बास्केट बल प्रतियोगितको उपाधि गुरुकुुल एकेडेमी घोराहीको पोल्टामा

दाङ मङ्सिर १५

दोस्रो नगरस्तरीय बास्केट बल प्रतियोगिता–२०८१ को उपाधि साविक विजेता गुरुकुुल एकेडेमी घोराहीले जितेको छ ।
घोराही १८ सालघारीमा शनिबार भएको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको फाईनल खेलमा गुरुकुल एकेडेमीले गोरखा मावि घोराहीलाई ६६–६५ अंकका साथ हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । ६५–६२ अंकले पछि परेको अवस्थामा गुरुकुलले खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेर उपाधि हात पार्न सफल भएको हो ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको प्राविधिक सहयोेगमा भएको प्रतियोगिताको ईमर्जिङ खेलाडी गोरखा स्कुलका निश्चल खत्री र उत्कृष्ट खेलाडी गुरुकुल एकेडेमीका आदित्य थकाली घोषित हुनुभयो । गुरुकुल एकेडेमीलाई उपाधि दिलाउनको लागि गुरुकुल एकेडेमीका बास्केटबल प्रशिक्षकले सुरुवाति चरण देखि नै निकै मेहनतका साथ खेल खेलेको बताउनुभयो । अन्य ठाँउमा आयोजना भएका बास्केटबल प्रतियोगितामा पनि गुरुक्ुल एकेडेमीले बिभिन्न उपाधि हात पार्ने गरेको छ । अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमीका विद्यार्थिहरु हरेक क्षेत्रमा सफल हुदै आएका छन ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल  र प्रमाण पत्र प्रदान गरिएको छ । मंसिर १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको थियो ।