भारतलाइ हराउदै महिला एसियाकप क्रीकेटको उपाधी श्रीलंकाले उचाल्यो

भारतलाइ हराउदै महिला एसियाकप क्रीकेटको उपाधी श्रीलंकाले उचाल्यो

काठमाडौ श्रावण १३

सात पटकको विजेता भारतलाई हराउँदै श्रीलंकाले पहिलोपटक महिला एसिया कपको उपाधि जितेको छ । दम्बुलामा आयोजित फाइनल खेलमा श्रीलंका ८ विकेटले विजयी बनेको हो ।

भारतले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । सन् २००४ देखि सुरु भएको यो प्रतियोगितामा भारतले अधिपत्य जमाउँदै आएको थियो । सन् २०१८ मा बंगलादेशले यो प्रतियोगिता जित्नुबाहेक सबै सात उपाधि भारतको पोल्टामा पुगेको थियो ।

श्रीलंकाका लागि हर्षिथा समाराविक्रमाले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले नटआउट रहँदै ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् ।

385506

कप्तान चमारी अथपट्टुले ४३ बलमा ६१ रन बनाएकी थिइन् । उनले ९ चौका र २ छक्का प्रहार गरिन् । काभिसा दिलहारीले १६ बलमा ३० रन जोडिन् । भारतका लागि एक्लो विकेट दीप्ति शर्माले लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज