महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौ ।

नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई जितका लागि एक सय नौ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको हो ।

नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान गरिन् । उनले ३० बलमा तीन चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन चौका हिर्काइन् ।

कविता जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २३ बलमा एक छक्का र चार चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् । पाकिस्तानकी बलर सादिया इक्वालले दुई विकेट लिइन् ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज