कुमाख वडा नम्बर १ द्वारा लक्षित वर्ग अन्तर्गत अन्तर विद्यालय अतिरिक्त कार्यक्रम सम्पन्न
फाल्गुन १८ सल्यान ।
सल्यान कुमाख गाउँपालिका वडा न १ ले आर्थिक वर्ष ०८०/०८१ को लक्षित वर्ग अन्तर्गतको अन्तर विद्यालय वालबालिका अतिरिक्त कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नं १ को आयोजनामा संचालन भएको अन्तर विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप प्रतियोगितामा वडा भित्र १-५ सम्मका ६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
विभिन्न ७ बिधा १०० मि दौड, हिसाब दौड, हाइजम्प , लम्जम्प ,तृपलजम्प ,हाजिरी जवाफ र बाल गित बिधामा भएको कार्यक्रममा ५ स्वर्ण, ५ रजत र २ कास्य सहित भेरी माबी टाटके प्रथम
४ स्वर्ण, २ रजत र ३ कास्य सहित महेन्द्र आवि द्वितीय
२ स्वर्ण, ४ रजत र ० कास्य सहित सरस्वती माबी भितिवन तृतीय र
१ स्वर्ण, १ रजत र २ कास्य सहित जनता आबि थाला सान्त्वना भएका छन ।
सरस्वती माबी भितिवनमा भएको सोही कार्यक्रमको
अध्यक्षता वडा अध्यक्ष डिल्ली ब रानाले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी विशिस्ट अतिथि लाल ब रावत रहनु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य डम्वर बहादुर शाहिले गर्नु भएको थियो।
लेखकको सम्वन्धमा