दाङको तुलसीपुरमा दोस्रो अन्तरास्ट्रिय  कुस्ती प्रतियोगिता सुरु

दाङको तुलसीपुरमा दोस्रो अन्तरास्ट्रिय कुस्ती प्रतियोगिता सुरु

फाल्गुन १५ दाङ।
दाङको तुलसीपुरमा दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ ।
युथ्स अफ तुलसीपुरको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री रोज राणाले गर्नु भएको छ।

खेलको उद्घाटन गर्दै मन्त्री राणाले प्रदेश सरकारले सबै प्रकारका खेललाई प्राथमिकता दिएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राणाले अब बनाउने नितिमा कुस्ती र खेलकुदलाई विशेष प्राथमिकता दिने बताउदै उनले खेल क्षेत्रको सार्वाङ्गिक विकासका लागि समयसमयमा प्रतियोगिताको आयोजना हुन महत्वपूर्ण कुरा भएको बताउनु भएको छ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले कुस्ती खेलको विकासक्रम बढ्दै गएको जिकिर गरे । नेपालमा कुस्ती प्रतियोगिता विरलै मात्रै भएको बताउदै पछिल्लो समय नेपालमा पनि यस खेलको क्षेत्र फराकिलो हुदै गएको बताएका छ्न ।

युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ को अध्यक्षतामा भएको कार्यक्रम युथ्स अफ तुलसीपुरका सदस्य टोप बहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने कार्यक्रमको सहजीकरण युथ्स तुलसीपुरका सदस्य शान्तराम सेन्चुरीले गरेका थिए ।


तुलसीपुर अरनिको मैदानमा प्रतियोगिता फागुन १७ गतेसम्म संचालन हुने बताइएको छ । प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवानसहित जम्मा ३७ जना पहलवानको सहभागिता रहेको बताइएको छ ।

कुस्ती प्रतियोगिता सगै सास्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने आयोजकले जानकारी दिएको छ भोलि १६ गते कलाकार साहिमा श्रेष्ठको प्रस्तुत रहने बताइएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज