जिल्ला स्तरीय १४औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छत्रेश्वरीको ह्याट्रीक जित

जिल्ला स्तरीय १४औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छत्रेश्वरीको ह्याट्रीक जित

माघ २४, सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिकामा आयोजित जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियागिताको शिल्ड छत्रेश्वरी गाउँपालिकाले हात पारेको छ ।

लगातार तेस्रो पटक जितेर गाउँपालिकाले ह्याट्रिक शिल्ड जितेको छ। बिभिन्न ४ बिधाका खेलमा ५२ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाले १५ स्वर्ण १२ रजत, ११ काश्य गरी जम्मा ३८ पदक जितेर शिल्डको उपाधी हात पारेको हो ।
यस्तै १० स्वर्ण, ११ रजत, १३ काश्य गरी जम्मा ३४ पदक जितेर कपुरकोट गाउँपालिका दोस्रो भएको छ ।
त्यस्तै ९ स्वर्ण, ७ रजत, ८ काश्य गरी जम्मा २४ पदक जितेर शारदा नगरपालिका तेस्रो भएको छ ।
भने ७ स्वर्ण ८ रजत २ काश्य गरि जम्मा १७ पदक जितेर दार्मा गाउँपालिका चौथो भएको छ भने ५ स्वर्ण ४ रजत ३ कास्य गरि जम्मा १२ पदक जितेर कुमाख गाउँलिका पाचौं भएको छ।

जीवन ज्योती नमुना माध्यमिक बिद्यालयको प्राङ्गणमा माघ २१ गते देखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा जिल्लाका १० पालिकाबाट प्रतिनिधित्व गर्दै ६ सय ६७ जना खेलाडीहरुले पुरुष तथा महिला भलिबल, कबड्डी, एथ्लेक्टिक्सका सम्पूर्ण खेल र मार्सल आर्ट अन्तर्गतका कराँते,तेक्वान्दोमा प्रतिस्पर्धा गरेको खेलकुद बिकास समिति सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्य जानकारी दिनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज