सरकार द्वारा कुलमानलाई बर्खास्त गरि विद्युत् प्राधिकरणको निर्देशकमा शाक्यलाई नियुक्त
काठमाडौ चेत्र ११।
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त पदमा रहेका कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको हो।
कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए ।
कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए ।
गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए ।












लेखकको सम्वन्धमा