बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं पौष २।

बझाङमा ४.३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए ।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो ।