गुरुकुल एकेडेमी घोराहीमा लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रममा सम्पन्न

गुरुकुल एकेडेमी घोराहीमा लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रममा सम्पन्न

दाङ मङ्सिर १०

दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीमा लागू औषध दुर्वेशन विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
गुरुकुल एकेडेमी घोराहिको आयोजनामा गुरुकुल एकेडेमीका प्लस टु का विद्यार्थीहरूलाई लागूऔषध दुर्व्यसन विरुद्द सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

लागूऔषध दुर्ब्यशन विरुद्ध  सचेतना कार्यक्रममा लागू औषध भनेको के हो ? लागू औसत प्रयोग कसरी हुन्छ लागू औषध प्रयोग भएपछि यसले के कस्तो असर पार्छ र मानिसहरूको जीवनमा कस्तो प्रतिकूल अवस्था निमत्याउछ भन्ने बिषयमा प्रशिक्षण दिईएकाे हाे ।
राइजिङ पुनस्थापना केन्द्र घोराई १७ चाैघेरा दाङका प्रतिनिधि अभिषेक बुढाले लागू औषध बेचबिखन गर्नु एउटा अपराध भएको र लागु औषध बेचबिखन गर्दा अन्य मानिसहरूको जीवनमा पनि प्रतिकुल असर पर्ने र यसलाई कानुनले समेत अपराधको दृष्टिकोणले हेर्ने हुँदा कानुनमा लागू औषध बेचबिखन र ओसारपसार गर्दा के कस्तो सजाय हुन्छ र कसरी यसलाई अपराध मानिन्छ भन्ने विषयमा पनि जानकारी गराउनु भएको थियो ।

पुनर्स्थापना केन्द्र सञ्चालनको लामो अनुभव राख्नुभएका राइजिङ  पुनर्स्थापना केन्द्रका बुढाले लागू औसतकाे लतबाट बच्न निकै महत्वपूर्ण टिप्सहरु पनि विद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो।
यद्यपि लागू औषधमा फस्नुभन्दा पहिला आफू सजग रहन पनि विद्यार्थीहरुलाई अनुरोध समेत गरेका थिए ।

यस्तै कार्यक्रममा विज्ञान विषयका विद्यार्थीहरूलाई विज्ञानसम्बन्धी पढेर सफलता हासिल गर्नको लागि कार्यक्रमका बीच डाक्टरहरुले सुझाव समेत दिएका छन्।

कार्यक्रमको प्रशिक्षक समेत रहनुभएका बुद्ध हस्पिटलमा कार्यरत बाल रोग विशेषज्ञ डाक्टर अनि दनाईले आफूले विज्ञान पढेर भएका सफलताहरुको बारेमा सुनाउँदै आगामी दिनमा डाक्टर बन्नको लागि पनि सुझाव दिनुभएको थियो।
स्वास्थ्य क्षेत्रको विषयमा महत्त्वपूर्ण जानकारी गराउँदै डाक्टर दनाइले डाक्टर बन्नको लागि निकै मेहनत र कडा परिश्रम गर्नुपर्ने बताउनुभएको थियो।
बायोलोजी फिजियोलोजी साइकोलोजी लगायतका कुराहरु बुझेर मात्रै अगाडि बढ्नु पर्ने र डाक्टर पेशामा सफलता हासिल गर्न सक्ने बताउनु भएको थियो ।

कार्यक्रममा इएनटी सर्जन डाक्टर प्रज्वल शर्मा पनि उपस्थित रहनुभएको थियो। गुरुकुल एकेडेमी घोराइ दाङका प्रधानाध्यापक डा. कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु संयोजक राजन अधिकारीले विद्यालयको विषयमा जानकारी गराउनु भएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज