दाङको मा.बि सेन्टर बन्यो देशभरकै उत्कृष्ट बिद्यालय

दाङको मा.बि सेन्टर बन्यो देशभरकै उत्कृष्ट बिद्यालय

दाङ असोज २ ।

सामुदायिक विद्यालयतर्फ दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरीकै उत्कृष्ट भएको छ ।

माध्यमिक तह कक्षा १२ को नतिजाका आधारमा विद्यार्थीहरुको उतीर्ण प्रतिशत र प्राप्त गरेको औषत जिपिएलाई आधारमा बनाइ राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकको आधारमा मावि सेन्टर देशभरमा उत्कृष्ट हुन सफल भएको हो ।
आज शिक्षा दिवसको पारेर काठमाडौंमा आयोजित कार्यक्रममा सो विद्यालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेका छन् । उक्त विद्यालयले नगद तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।


विद्यालयमा अहिले कक्षा ११र १२ मा व्यवस्थापन संकाय, विज्ञान, प्राविधिकतर्फ इलेक्ट्रिकल, आइटी डिप्लोमा र नेपाली र अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । अहिले सो विद्यालयमा करिब २८ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यस्तै, विश्वनिकेतन मावि काठमाडौँ दोस्रो स्थान हासिल गर्दै दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ भने तृतीय दाङकै शान्तिनगरस्थित जनकल्याण मावि भएको छ उसले पनि एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।