सल्यानका युवा बैज्ञानिक विजयले गरे पानी जहाजको सफल परिक्षण

सल्यानका युवा बैज्ञानिक विजयले गरे पानी जहाजको सफल परिक्षण

चैत २६ सल्यान ।

सल्यानकाे शारदा नदिमा माेटरबाेट,पानी जहाजको सफल  परिक्षण गरिएकाे छ ।
शारदा नगरपालिका खलंगाका युवा बैज्ञानिक विजय रानाले श्रीनगर स्थित शारदा नदिमा आज माेटरबाेट पानी जहाजको परिक्षण गरेका हुन।

लामो समय देखि विभिन्न उपकरणहरुकाे निर्माण अनुसन्धान तथा आविष्कार गर्दै आएका उनले आज परिक्षण गरेको माेटरबाेट (पानीजहाज) दुई हप्ता लगाएर निर्माण गरेको उनले बताएका छन । उक्त माेटरबाेट पानीजहाजमा चालक सहित ९ सिटकाे रहेकाे र ६ सय ७५ केजी तौल सम्मको क्षमता रहेकाे उनले बताए ।

अहिले शारदा नदिमा पानीकाे मात्र निकै कम र सतह सानाे आकारकाे भएकाेले नदिकाे केहि भागलाइ थुनेर तालकाे आकार जस्ताे बनाउन लागिएकाे छ ।
ताल थुनिएर आकार बनेपछि नयाँ वर्षकाे अवसर पारेर बैशाख १ गते सोही शारदा नदिमा माेटरबाेट (पानी जहाज) सुचारु हुने गरि उद्घाटनको तयारी थालिएको छ।
उनका अनुसार वर्षादकाे मौसम बाहेक अन्य समयमा शारदामा माेटरबाेट सयर राम्रोसँग गर्न सकिने उनले बताएका छन।

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज