दाङमा करेन्ट लागेर एकै परिवारका ३ जनाको मृत्यु
चैत १० दाङ ।
दाङमा करेन्ट लागेर एकै परिवारका तिन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा न. ३ मसुरियाका ६० बर्षिय गोरख बहादुर केसि उनकी श्रीमती ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करिब दिउँसो २ बजेतिर विद्युतको हाइटेन्सनको तार चुडिएर खस्दा घरको आगनमा रहेका तिनै जनालाई अचानक करेन्ट लागेको हो।
करेन्ट लागेका दुई जनाको घटना स्थलमै र एक जनाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यलय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहले बताउनु भएको छ।
लेखकको सम्वन्धमा