सल्यानमा बस दुर्घटनामा परेका एक जनाको मृत्यु अन्यको नेपालगंजमा उपचार हुदै

सल्यानमा बस दुर्घटनामा परेका एक जनाको मृत्यु अन्यको नेपालगंजमा उपचार हुदै

वैशाख ५ सल्यान ।

सल्यानमा भएको बस दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ
मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ४ का गाडी धनी ४६ वर्षीय विष्णु वि.क रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएका वि.क लाई डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भएको छ ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते ८ जनाको नसिंङ होम हस्पिटल नेपालगञ्जमा उपचार भइरहेको छ । नेपालगञ्जमा उपचार हुनेमा रुमुक पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, शोही ठाउँकी ६ वर्षीय रेशम मगर, दाङ नारायणपुन नगरपालिका ४ रक्षाचौर बस्ने २६ बर्षिया खिमा वि.क, तुलसीपुर उ.म. न.पा १० कि २९ वर्षीय कृष्ण चौधरी, दाङ नारायणपुर १० की ३६ वर्षीया दिल कुमारी गोतामे, तुलसीपुर उ.म.न.पा ६ का गाडी चालक ३४ वर्षीय पूर्ण शमशेर जबरा, तुलसीपुर उ.म.न.पा ७ की ४९ वर्षीया ठगी बुढा र शोही ठाउँकी ४७ वर्षीया कुम्भ कुमारी बुढा रहेको प्रहरी प्रमुख नविन कार्कीले बताउनु भएको छ।

बिहान घोराहीबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत सल्यान रूकुम सडकखण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोला पुलमा अनियंत्रित भइ दुर्घटना भएको थियो बस दुर्घटना हुँदा २२ जना घाइते भएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज