लेखपोखरा साना किसान कृषि सहकारिको ८ औं वार्षिक साधारणसभा सम्पन्न

लेखपोखरा साना किसान कृषि सहकारिको ८ औं वार्षिक साधारणसभा सम्पन्न

पुस १५, सल्यान

सल्यान जिल्ला छत्रेश्वरि गाउपालिका वडा नं ५ लेखपोखरा मा रहेको लेखपोखरा साना किसान कृषि सहकारि संस्था लि.को ८ अौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

लेखपोखरा साना किसान कृषि सहकारिकि उपाध्यक्ष सीता वलि सभाअध्यक्ष रहनुभएको सभामा प्रमुख अतिथि छत्रेश्वरि गाउपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मैनबत्ति बालेर र व्यानर पढेर साधारणसभा उद्घाटन  गर्नु हुदै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले “म बनाउछु छत्रेश्वरि” भन्ने मुल नारालाई सहयोग गर्ने मुल सहयोगि भनेकै किसान भएकोले किसानलाई कसैले पनि दुख दिन नहुने तथा किसानलाई अघि बढाउन सहकारिले अहम् भुमिका खेल्नुपर्ने कुरा व्यक्त गर्नुभएको थियो ।
त्यस्तै छत्रेश्वरि गाउँपालिका उपाध्यक्ष बुद्धा कुमारि केसि ले सबैभन्दा पहिले आफुले लिएको ऋणको उचित सदुपयोग गरि कृषकहरु उद्यमशील बन्नुपर्ने कुरामा पछाडि हट्न नहुने कुरामा जोड दिनु भएको थियो भने साना किसान कृषि सहकारी संस्था कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्यले सहकारि भनेको सबैको साझा हो ,सबैले हातेमालो गरेमा सहकार्य हुन्छ तब मात्रै सहकारी चल्छ भन्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रम साना किसान कृषि सहकारि संस्था लि. कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्य ,छत्रेश्वरि गाउँपालिका वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर पहाडी,छत्रेश्वरि गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत विशिष्ट अतिथि तथा दमाचौर साना किसान सहकारि दमाचौर संस्थाका प्रबन्ध मिलन वलि,लंकेनि साना किसान कृषि सहकारी संस्था झिम्पेका प्रबन्धक भुपेन्द्र राज खड्का,हिमाल यात्रि लगायतका अतिथि रहेको साधारणसभा मा स्वागत मन्तव्य सहायक प्रबन्धक पार्वती केसिले राख्नुभएको थियोे भने कार्यक्रमको संचालन संस्थाकै प्रबन्धक धन बहादुर परियारले गर्नुभएको थियो।

२०८० पुस १२ सम्म ६९ वटा समूह भित्र ५१५ घरपरिवार लाई आबद्ध गराई २ करोड २२ लाख ७१ हजार ३ सय रुपैया लगानि गरेको यश संस्थाले १ करोड ११ लाख ६१ हजार २ सय रुपैया मात्र निक्षेप संकलन गरेको छ भने
शेयर पुजिँ २७ लाख ६२ हजार ३०० रुपैयाँ ,जगेडा कोष ७ लाख ५६ हजार २०० रुपैया र खुद मुनाफा ४ लाख ५६ हजार रुपैया रहेको वार्षिक प्रतिवेदन विवरण संस्थाकि उपाध्यक्ष लिला वलि प्रस्तुत गर्नुभएको थियो ।