September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
देउवाको दुत बनेर बालकोट पुगेका कानुनमन्त्री कार्की मार्फत ओलीले पठाए यस्तो सन्देश

देउवाको दुत बनेर बालकोट पुगेका कानुनमन्त्री कार्की मार्फत ओलीले पठाए यस्तो सन्देश

असोज १२, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरवहादुर देउवालाई दल विभाजन सम्बन्धी अध्यादेश जारी र खारेजी दुवै गैरकानूनी तथा असंवैधानिक रहेको यस्ता कुराले सरकार र प्रतिपक्षको सम्बन्ध राम्रो नहुने सन्देश पठाएका छन् ।

प्रधानमन्त्री देउवाको दूतका रुपमा मंगलवार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका कानून मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीमार्फत ओलीले आफ्नो गम्भीर आपत्ति जनाएका हुन् । ओलीलाई भेट्न देउवाको दूतका रुपमा उनी तेस्रो पटक बालकोट पुगेका हुन् ।

ओलीले आफ्नो सन्देशमा भनेका छन्स ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।’

प्रधानमन्त्री देउवालाई ओलीले पठाएका सन्देश ओलीको सचिवालयबाट रामशरण बजगाईले प्रेस नोटमार्फत सार्वजनिक गरेका छन् । ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएको उनले बताएका छन् ।