जसपाको महन्थ पक्षले पनि प्रधानमन्त्री देउवालाई विस्वासको मत दिने निर्णय

जसपाको महन्थ पक्षले पनि प्रधानमन्त्री देउवालाई विस्वासको मत दिने निर्णय

साउन ०३, काठ्माण्डौं । जनता समाजवादी पार्टी ( जसपा ) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा।सुरेन्द्र झाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतको पक्षमा मतदान गर्दै पत्र पठाएका थिए ।

प्रधानमन्त्री देउवाले पत्रमा लेखेका थिए,–प्रतिनिधिसभाको बैठकमा विश्वासको मत निले कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’

अध्यक्ष ठाकुर पक्षको हिजो बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । यसअघि महन्थ ठाकुरको पक्षमा रहेको २० सांसदमध्ये अब १२ जना मात्र बाँकी रहेका छन् ।