प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै भिम रावलले गरे सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको प्रशंसा

प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै भिम रावलले गरे सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको प्रशंसा

जेठ २५, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले विश्वासको मत प्राप्त गरेकोमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्।

भट्टलाई बधाई दिदै उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई लक्षित गर्दै कटाक्ष गरेका छन । विधि, विधान र पद्धति मिच्नेहरुले मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकताको शिक्षा लिन सुझाएका छन्।

रावलले मंगलबार दिउँसो ट्वीटरमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

मुख्यमन्त्री भट्टले मंगलबार सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। नेकपा एमाले नेपाल–खनाल समूहका १७ जना प्रदेश सभा सदस्यले भट्टको पक्षमा मतदान गरेपछि उनको पद जोगिएको हो।