जसपा महन्थ पक्षका ४ मन्त्री बर्खास्त
जेठ २४, सल्यान । प्रदेश २ का एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले सामाजिक सञ्जालमा एक मन्त्री र ३ राज्य मन्त्री सहित ४ मन्त्रीलाई बर्खास्त गरिएको बताएका छन् ।
उनका अनुसार बर्खास्तीमा पर्नेमा महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग वन पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको छ ।
प्रदेश २ मा जसपाकै उपेन्द्र यादवका मुख्यमन्त्री लालबाबु राउत रहेका छन् । यादव पक्षले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो । जसपाको पार्टी भित्रको विवाद केन्द्र हुँदै प्रदेशसम्म देखिन थालेको छ ।
जसपा विभाजनका कारण उनीहरु कारवाहीमा परेका हुन् ।
प्रतिकृया दिनुहोस्