बसमा छुटेको नगद ४ लाख फेला पारेर सल्यान प्रहरीले बुझायो- सम्बन्धित व्यक्तिलाई

बसमा छुटेको नगद ४ लाख फेला पारेर सल्यान प्रहरीले बुझायो- सम्बन्धित व्यक्तिलाई

माघ १३, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले बसमा छुटेको ४ लाख नगद फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

मंगलबार सल्यानको श्रीनगर बाट ढोरचौर तर्फ नगद ४ लाख बोकि बसमा यात्रा गर्ने क्रममा ४ लाख नगद सहितको झोला छुटेको खबर पाएपछि खोजतलास गर्ने क्रममा सल्यान प्रहरीले सो पैसा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।

मंगलबार ५ बजेको समयमा रु ४,००,००० (अक्षरुपी चारलाख) रुपैया बोकि जि.सल्यान सिद्दकुमाख गा.पा.वडा न.४ खारबन बस्ने बर्ष २४ को मान बहादुर रोका श्रीनगरबाट नम्बर थाहा नभएको बसमा चढी ढोरचौर झरेको र उक्त रकम रहेको झोला बसमा छुटेको भनी तत्काल निजले प्रहरीलाई खबर गरे पश्चात् तत्काल जिप्रका सल्यानले श्रीनगर बाट थारमारे तर्फ जाने बसहरुको चेकजाँच गर्न निर्देशन दिएको थियोे ।

चेकजाँच कै क्रममा ईप्रका थारमारेबाट निमित्त कार्यालय प्रमुख प्र.ना.नि.लिलाराम चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले ना.५ ख.७७६१ न. को बसमा नगद रु ४,००,००० (अक्षरुपी चारलाख) सहितको कालो झोला फेला पारेको हो ।

उक्त फेला पारेको रकम सल्यान सिद्दकुमाख गा.पा.वडा न. ४ खारखन स्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ताको हो भन्ने बुझिएको र सो रकम समितिका सचिव मान बहादुर रोकालाई भरपाई गरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ताले जिल्ला प्रहरी कार्यालय सल्यानको फेसबुक मार्फत जानकारी गराएका छन ।

हेर्नुहोस, जिप्रका सल्यानको फेसबुक मार्फत दिइएको जानकारी

बसमा छुटेको ४ लाख नगद प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

सल्यानको श्रीनगर बाट ढोरचौर तर्फ नगद ४ लाख बोकि बसमा यात्रा गर्ने क्रममा छुटेको भनी प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय थारमारेको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा सो पैसा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाएको हो ।

मिति २०७७।१०।१३ गते १७:०० बजेको समयमा रु ४,००,००० (अक्षरुपी चारलाख) रुपैया बोकि जि.सल्यान सिद्दकुमाख गा.पा.वडा न.४ खारबन बस्ने बर्ष २४ को मान बहादुर रोका श्रीनगरबाट नम्बर थाहा नभएको बसमा चढी ढोरचौर झरेको र उक्त रकम रहेको झोला बसमा छुटेको भनी तत्काल निजले प्रहरीलाई खबर गर्नु भए पश्चात् तत्काल जिप्रका सल्यानले श्रीनगर बाट थारमारे तर्फ जाने बसहरुको चेकजाँच गर्न निर्देशन दिएको थियोे ।

चेकजाँच कै क्रममा ईप्रका थारमारेबाट निमित्त कार्यालय प्रमुख प्र.ना.नि.लिलाराम चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले ना.५ख.७७६१ न. को बसमा नगद रु ४,००,००० (अक्षरुपी चारलाख) सहितको कालो झोला फेला पारेको हो ।

उक्त फेला पारेको रकम जि.सल्यान सिद्दकुमाख गा.पा.वडा न. ४ खारखन स्थित जलश्रोत उपभोक्ता समिति निर्माण योजनाको पहिलो किस्ताको हो भन्ने बुझिएको छ ।

सो रकम समितिका सचिव मान बहादुर रोकालाई भरपाई गरी बुझाईएको ब्यहोरा जानकारीको लागि अनुरोध ।

प्रहरी प्रवक्ता
जिप्रका सल्यान