सल्यानमा ओली समुहलाई ज्वालाले भने, जिविस हलको कुनामा भएको कार्यक्रमको कुनै अर्थ छैन
पौष १४, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, नेकपा कर्णाली प्रदेश सह ईञ्चार्ज तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानमा सोमबार सम्पन्न नेकपा ओली समुहको जिल्ला भेलालाई लक्षित गर्दै कडा टिप्पनी गरेका छन ।
संसद विघटनका विरुद्ध मंगलबार सल्यान सदरमुकाममा भएको बृहत प्रदर्शन पछी भएको सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले नेकपाले सल्यानमा ४५ हजार मत पाएको स्मरण गर्दै हिजो जिविसको हलको कुनामा भएको भेलाको कुनै अर्थ नभएको बताएका हुन । ‘जिल्लामा हाम्रो ४५ हजार मत छ ।’ मन्त्री ज्वालाले भने – ‘जिविसको हलको कुनामा भएको भेलाले त्यो भोटमा कुनै खोट लागेको छैन ।’
ओली समुहको पार्टी जिल्लामा हिजो नै असफल भैसकेको र भंग भैसकेको उनले बताए । ‘प्रकाश, टेकबहादुर र उदयहरु हाम्रै पार्टीमा छन भनेर ढाट्दै छल्दै ल्याएका मान्छेहरुले त्यो पार्टी चल्नेवाला छैन ।’ उनले भने – ‘सल्यान जिल्लामा त्यो पार्टी हिजो नै खारेज भै सक्यो । असफल भै सक्यो । एक किसमले हारिसक्यो । नेकपा बाट उछिट्टीएका केही थोरै व्यक्तीहरुले अव त्यो पार्टी चलाउन सक्दैनन् ।’
ठुलो मास देखेर हौसिएका मन्त्री ज्वालाले सल्यान जिल्ला नेकपाको लाल किल्ला भएको बताउदै हिजो ओली समुहको भेलाको तुलनामा आजको कार्यक्रममा भएको उपस्थितिले पनि उनिहरुले हारेको कुरालाई प्रमाणित गरेको उनले बताए । जहाँ नेता कार्यकर्ता हुन्छन त्यो नै आधिकारीक पार्टी हुने बताउदै उनले नेताकार्यकर्ता नभएको ओलीको पार्टीले अवको चुनाव जित्ने सपना पनि नदेख्न सुझाव दिए ।
संसद बिघटन विरुद्ध देशव्यापी विरोध कार्यक्रम अनुसार दिउसो १ बजे सदरमुकाम लुहापिङमा बाट ¥याली सहित पुरानो बसपार्क, नेपाल बैंक, साहुटोल, हुलाक रोड, नेकपाको पार्टि कार्यलय हुँदै पुनः पुरानो बसपार्कमा आएर कोणसभाका परिणत भएको थियो । प्रदर्शनमा ओलीको असंवैधानिक कदमको विरूद्व चर्को नारा लगाएको छन ।
र्यालीमा गाउँ गाउँ बाट नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिीति रहेको थियो । प्रदर्शनमा कणार्ली प्रदेश सह ईन्चार्ज प्रकाश ज्वाला, केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेत, संबिधान सभा सदस्य तथा केन्द्रिय सल्लाहकार उमाकान्त शर्मा लगायतका नेताहरूको शम्बोधन गरेका थिए ।
फाइल फोटो
प्रतिकृया दिनुहोस्