ब्रेकिङ : नेकपा सल्यानको पार्टी कार्यालयमा दुवै समुहको तालाबन्दी, सुरक्षा व्यवस्था कडा पारियो

ब्रेकिङ : नेकपा सल्यानको पार्टी कार्यालयमा दुवै समुहको तालाबन्दी, सुरक्षा व्यवस्था कडा पारियो

पौष ०७, सल्यान । केन्द्रमा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली समुह र अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधब नेपाल समुहको विवाद उत्कर्षमा पुगीरहेको वेला त्यसको असर जिल्ला हुदै स्थानिय स्तरमा पनि पुग्न थालेको छ ।

यसै विच सोही विवादलाई लिएर नेकपा सल्यानको पार्टी कार्यालयमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड नेपाल समुहले पार्टी कार्यालयमा आफ्नो दावि गर्दै दुवै समुहले तालावन्दी गरेका छन ।

दुवै समुह विच तनावको अवस्था बनेपछि अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ । नेकपा पार्टी कार्यालय सल्यानमा अवस्था तनवापूर्ण भएको छ । दुवै समुहका नेता कार्यकर्ताको बाक्लो संख्यामा उपस्थिति रहेको र थपिने क्रम जारी छ ।

यो पनि पढ्नुहोस :

सल्यानमा ‘ओली समुह’ विरुद्ध बागचौर बाट पहिलो फायर

पौष ०७, सल्यान । केन्द्रमा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली समुह र अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधाब नेपाल समुहको विवाद उत्कर्षमा पुगीरहेको वेला त्यसको असर जिल्ला हुदै स्थानिय स्तरमा पनि पुग्न थालेको छ ।

यसै विच सोही विवादलाई लिएर नेकपा बागचौर नगर कमिटीको बैठक बस्ने भएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टीका बागचौर नगर कमिटी सचिव तथा बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले ‘संघिय लोकतान्त्रीक गणतन्त्र बिरोधी तत्वका विरुद्ध पार्टी नगर कमिटीको बैठक बस्ने जानकारी सहित सोमबार सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।

बुढाथोकिले ‘संघिय लोकतान्त्रीक गणतन्त्र बिरोधी तत्वका विरुद्ध’ मंगलबार दिउसो ठिक १ बजे बागचौरको सहिद पार्कमा भेला हुन नगरपालिका बाट जिल्ला कमिटी र प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने कमरेडहरु, नगर कमिटी सदस्यहरु, पार्टीका वडा कमिटी अध्यक्षहरु, र पार्टी बाट जननिर्वाचित वडाध्यक्षहरुलाई अनुरोध गरेका छन ।

सोमबार सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन –‘संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधी तत्वका बिरुद्द नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागचौर नगर कमिटिको बैठक मिति २०७७।०९।०७ गते दिनको ठिक १ बजे बागचौर सहिद पार्कमा हुने भएकोले नगर भित्रका प्रदेश कमिटि सदस्य कमरेडहरु, जिल्ला कमिटी सदस्य कमरेडहरु, नगर कमिटी सदस्य कमरेडहरु, पार्टी वडा अध्यक्ष कमरेडहरु र नेकपा द्वारा जन निर्वाचित वडा अध्यक्ष कमरेडहरुलाई उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछु ।’

तर उक्त बैठकबारे बागचौर नगर कमिटी अध्यक्षले घनश्याम शर्माले भने असहमति जनाएका छन । मंगलबार पार्टी नगर कमिटी सचिव तथा मेयर बुढाथोकिले बोलाएको उक्त बैठकमा आफु नजाने उनले बताएका हुन । माथीको सर्कुलर अनुसार उहाँहरुले पार्टीको बैठक भन्दा पनि संसद बिघटन विरुद्ध भेला राखेको उनले बताए । यहाँ गर्ने गतिबिधिले खासै कुनै अर्थ नराख्ने बताउदै अझै एकदुई दिन यस्तो भेला नराख्न आफुले सचिवलाई अनुरोध गरेको उनले नयाँ दृष्टिलाई बताए ।

अहिले बागचौरमा नगर कमिटी ईञ्चार्ज टिकाराम ओली दर्शन, सचिव लोकमान बुढाथोकी लगाएत नताहरु बैठकको तयारी जुटी रहेको र बैठकमा सहभागी हुन बागचौरमा पार्टीका नेता कार्यकर्ताहरु जम्मा भैरहेको तर ओली समुहका नेताहरु भने बैठकमा सहभागीता नजनाउने स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले आईतबार संसद बिघटन गरेपछि नेकपा पाटी विभाजन तर्फ उन्मुख भएको छ । सोमबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री वलीले आफुले बाध्य भएर संसद बिघटन गरेको र ताजा जनादेशमा जाने बताएका थिए । आफ्नै पार्टीका नेताहरुले अविस्वासको प्रस्ताव ल्याएर आफुलाई हटाउन थालेपछि संसद बिघटन गरेको उनको भनाई छ ।

विवाद बढ्दै जाँदा आजै मात्र नेकपाका एक समुहले अर्काे समुहलाई कारवाहि गरिसकेका छन ।