सल्यानमा नेकपा परित्याग गरेर २ जना एमालेमा प्रवेश 

सल्यानमा नेकपा परित्याग गरेर २ जना एमालेमा प्रवेश 

सल्यान २४, माघ । सल्यान कपुरकोट गाउँपालिका वडा नं २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर २ जना नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. २ ले नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी तिलक विक र सुनीता चन्द नेकपा एमालेमा प्रवेश गरेका हुन ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेकपा एमाले सल्यान जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेनले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष सेनले नेकपा एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै पार्टीमा प्रवेश गर्ने सबैलाई पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले सल्यान जिल्ला सचिवालय सदस्य ओम बहादुर बुढा, कपुरकोट गाउँ कमिटी अध्यक्ष मधुसुदन गिरि, उपाध्यक्ष ईश्वर बुढा, वडा कमिटी अध्यक्ष नवराज बुढा लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा भएको पार्टी प्रवेशले कपुरकोट क्षेत्रमा नेकपा एमालेलाई थप मजबुत बनाएको नेताहरूले बताए ।

कुमाखमा पनि चुनावी कार्यक्रम सम्पन्न

त्यस्तै नेकपा एमाले सल्यानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित चुनावी कार्यक्रमहरूलाई तिव्रता दिएको छ । अभियान अन्तरगत शनिबार प्रतिनिधि सभा सदस्य गुलाबजंग शाहले कुमाख गाउँपालिका २ नेटा र कुमाख गाउँपालिका ४ बस्नेतज्यूलामा मतदाता भेटघाट र संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

भेटघाट कार्यक्रममा प्रदेश कमिटी सदस्य लाल बहादुर रावत, पालिका कमिटी अध्यक्ष रेमन्त शर्मा, सचिव मित्रराज शर्मा, वडा कमिटी अध्यक्ष डम्बर बिष्ट, पालिका कमिटी लेखा समिती अध्यक्ष जित बहादुर गिरी, बलबिर बिसी, आइते बिष्ट, तुले गुर्ताल, मस्त बहादुर शाही, बिरबती बस्नेत, अतिमल राना, लोक बहादुर शाही, पुर्ण बहादुर बोहरा लगायत सहभागी हुनुभएको पार्टीले बताएको छ ।