कालिमाटीका गाउँबस्तीमा एमाले उम्मेदवार शाह, चुनावी अभियानमा उत्साह

कालिमाटीका गाउँबस्तीमा एमाले उम्मेदवार शाह, चुनावी अभियानमा उत्साह

सल्यान २३, माघ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गर्दै नेकपा एमाले सल्यानले सल्यानको कालिमाटी गाउँपालिकाका विभिन्न बस्तीहरूमा चुनावी कार्यक्रमहरू सम्पन्न गरेको छ ।

शुक्रबार सल्यानमा पार्टीको तर्फ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गुलाबजंग शाहले गाउँपालिकाको वडा नं ६, छरछरे र वडा नं ७ को कुसुमतरा, स्वामिबास, र्‍याङ र घुइयाबारी क्षेत्रका मतदाताहरू सँग भेटघाट र संवाद गरिएको पार्टीले बताएको छ ।

अभियानका क्रममा जनताका अपेक्षा,भावना, गुनासो र समस्या सुन्ने र समाधानको लागि पार्टी र उम्मेदवारले गरेका प्रयास बारे खुलेर संवाद गरिएको र अभियानले पार्टीपंक्ति, उम्मेदवार र मतदाताहरूमा उत्साह छाएको अभियानमा संलग्न युवा संघ केन्द्रिय सचिवालय सदस्य प्रीन्स बस्नेतले बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द कुमार पुन, प्रदेश कमिटी सदस्य दान बहादुर केसी, जिल्ला कमिटी उपसचिव सनसिल्ता वली डिसी, जिल्ला कमिटी सदस्य तथा वडा न ७ इन्चार्ज मित्रलाल रिजाल, पालिका कमिटी अध्यक्ष केशर बुढा, जिल्ला कमिटी सदस्य सुमित्रा राना, लगायतका नेता कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।