श्रम संस्कृति,पार्टी सल्यानको संयाेजकमा बस्नेत

श्रम संस्कृति,पार्टी सल्यानको संयाेजकमा बस्नेत

सल्यान मङ्सिर २२।

धरान नगरका मेयर रहेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृती पार्टीको सल्यान जिल्लाको जिम्मेवारी समाजसेवी युवा प्रेम बस्नेतले प्राप्त गरेका छन ।
जिल्लाको बागचौर नगरपालिका -४ पेदिखोला निवासी लामो समय देखि विभिन्न समाजसेवा निरन्तर लागिरहेका बस्नेत श्रम सस्कृती पार्टी सल्यानको संयोजकको जिम्मेवारी प्राप्त गरेका हुन ।
सानै उमेर देखि समाज सेवा र समाज रुपान्तरण गर्ने हुटहुटी बोकेका बस्नेतले गरीब निमुखाका आवास निर्माण देखि जनचेतनामूलक कार्यक्रम अभियान सचेतना कार्यक्रम विभिन्न सहयोग गर्दै सेवा गरिहेका छन ।

बस्नेत आवद्ध रहेको उक्त पार्टीले हालै सार्वजनिक गरेको नीति एजेन्डामा प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन बनाएको छ सो पार्टीले यश सिद्धान्तलाई हर्कवाद सम्म पनि घोषण गरिसकेको छ ।
भने सोहि पार्टीको अध्यक्ष साम्पाङले दलको नाम नै ‘श्रम संस्कृति’ राखेर उनले राजनीतिलाई श्रम र जनसेवासँग जोड्न खोजेको बताएका छ्न ।

अहिले श्रम संस्कृति’ पार्टी स्थापना देखि देशव्यापी जनजनको मनमन छाउदै गएको छ जनताको रुचि आकर्षक बढदै गएको छ र देशको मुहार फेरिन्छ कि भन्ने नागरिकमा आशा पैदा भएको अबस्थामा सल्यान जिल्ला पनि जिम्मेवारी सगै पार्टी बिस्तार भएको संयोजक बस्नेतले नयाँ दृष्टि अनलाइन खबरलाई बताए ।