जनार्दनलाई प्रचण्डको जवाफ सिँगौरी खेल्न दिएकै छु उदारतालाई कमजोरी नठान्नू

जनार्दनलाई प्रचण्डको जवाफ सिँगौरी खेल्न दिएकै छु उदारतालाई कमजोरी नठान्नू

काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टीमा प्रशस्त सिँगौरी खेल्न दिएको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।

हिजो उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरङ्कूशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।

प्रचण्डको जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्डबाहेक, म यसो सोध्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार गर्‍यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।

उनले भिन्न मतलाई दमन गर्ने आफ्नो कमजोरी नभएको भन्दै उदार हुनु कमजोरी भएको बताए ।