माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं
एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश भएको दिइएको छ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपाल सहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सोही मुद्दाका लागि बयान दिन अध्यक्ष नेपाल बुधबार अदालतमा उपस्थित भएका थिए। उनको बयानसँगै थुनछेक बहस पनि भएको थियो। अख्तियारको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपाललाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने राय राखेका थिए।
त्यस्तै नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, खम्बहादुर खातीलगायतले बहस गरेका थिए। उनीहरूले बोलाएको बेला आफैं उपस्थित हुनेगरी रिहा गर्नुपर्ने राय पेस थिए।
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ।












लेखकको सम्वन्धमा