नक्कली प्रमाणपत्र निर्माण गरी बिक्री गर्ने सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो

नक्कली प्रमाणपत्र निर्माण गरी बिक्री गर्ने सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो

काठमाडौ जेठ ४।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक तथा बिपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलिएको छ ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन मधेस प्रदेश समितिका नेता कार्यकर्ताहरूले कालोमोसो दलेका हुन।

फेल भएका विद्यार्थीहरूलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभका लागि बिक्री गर्ने आपराधिक कार्यमा संलग्न भएको परीक्षा, मूल्यांकन र प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस लेनदेन र कमिसन चलखेल गर्दै संस्थाको गरिमा र विश्वसनीयता समाप्त पार्ने काम गरेको आरोपमा उनिलाइ कारबाही गरेको बताएको छ।

त्यस्तै कानुनी प्रक्रिया र योग्यता नहेरी, आर्थिक लेनदेनको आधारमा कर्मचारी नियुक्ति गर्ने गरेको, शैक्षिक माफियासँग साँठगाँठ गरी संस्थालाई निजी स्वार्थपूर्ति गर्ने माध्यम बनाउने गरेको, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गैरजिम्मेवार र अपराधजन्य गतिविधि गरेको आरोप क्रान्तिकारीका नेताकार्यकर्ताले आरोप लगाएका छन।

कालोमोसो दलेको आरोपमा प्रहरीले सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिराह जिल्ला अध्यक्ष रामदेव महरालाई पक्राउ गरेको छ।