भ्रष्टाचारमा लिप्त भएका व्यक्तिलाई सरकारले ऊर्जामन्त्री बनाएको छ: प्रचण्ड

भ्रष्टाचारमा लिप्त भएका व्यक्तिलाई सरकारले ऊर्जामन्त्री बनाएको छ: प्रचण्ड

चैत ९,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्का छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।

शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।