परीक्षाबाट बन्चित गरिनु युवाहरूलाई अझ बढी खाडीतिर धकेल्नु हो : ज्वाला
काठमाडौ चैत्र ४।
नेकपा एकीकृत समाजवादीका सांसद तथा पुर्व भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी पटक परीक्षा दिन बन्चित गर्ने गरी कानूनी व्यवस्था गरिने कुरा गलत भएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिण्डिकेट लागू गर्नु संविधानको भावनाविपरीत रहेको बताएका हुन।
उनले परीक्षाबाट नै वञ्चित गरिनु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु भएको बताउदै सरकारले रोजगारीको विकल्प पनि दिन नसक्ने परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने कुरा गलत भएको हुदा मौलिक अधिकारबाट नागरिकलाइ वञ्चित गर्न नहुने बताए।
यस्तै उनले बरु राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कतिपटक हुन पाउने भनेर बहस गर्नुपर्ने र राष्ट्रपति, उपराष्ट्रपति एक पटक प्रधानमन्त्री दुई पटक भन्दा बढी नहुने, मन्त्री सांसद बढीमा तीन पटक हुने र गैरसांसद मन्त्री हुने व्यवस्था गर्न उनले जोड दिए ।












लेखकको सम्वन्धमा