केही माओवादीहरुले प्रचण्ड नआउन भनेर भगवान पुकारे: असल सी
सल्यान फागुन,२ ।
नेपाल कम्युनिस्ट पार्टिका पोलिटव्युरो सदस्य तथा सल्यानि जनताका नेता असल सी ले सल्यानको बागचौरमा प्रचण्ड नआउन भनेर केही माओवादीहरुले डाँडामा गएर भगवान पुकारेको बताउनु भएको छ।
३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउन्डेसनले आयोजना गरेको बिपिन भण्डारी मेमोरियल पार्कको उद्घाटन तथा बेपत्ता योद्धा बिपिन भण्डारीको सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता असल सी ले यस्तो बताउनु भएको हो।
उक्त कार्यक्रम प्रचण्ड आउने कार्यक्रम रहेको थियो भने विप्लव र प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्ने र बेपत्ता योद्धा भण्डारीको सालिकमा अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो । तर प्रचण्डले आफै कार्यक्रम सहभागी हुन्छु भन्ने आश्वासन दिएपनि पछि प्राविधिक र ब्यस्तताको कारण देखाउदै उपस्थित नहुने प्रचण्ड र जिल्ला पार्टीले जानकारी दिएको थियो।
यस्तै नेता असल सी ले फागुन १ को दिन महान सहिदलाई सम्झनु पर्ने दिन भएकोले आजको दिनले नेपाली क्रान्तिको उज्यालो र अध्यारोमाथि उज्यालोले राज गरेको दिन अर्थात सुन्दर बिहानी झुल्को आएको दिन भएकोले
ती महान सहिदहरुलाइ सम्झेर क्रान्तिलाई अन्तिमसम्म पुर्याउने उद्वघोष र प्रतिबद्धता गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो।
उनले आफू र आफ्नो नेतृत्वले कहि कतै बाटो नबिराउने कुरामा जोड दिदै कयौंलाई आशङ्का छ तर हामी क्रान्तिलाई अन्तिम बिजयसम्म पुर्याउन तयार छौ। म सहिदको छोरा भएकोले बरु सहिद बन्न तयार छु तर क्रान्तिलाई अन्तिमसम्म पुर्याउने कुरामा दृढ छु उहाले भन्नू भएको थियो ।









लेखकको सम्वन्धमा