गणतन्त्रको जग फागुन १ र माओवादी जनयुद्धले खडा गरेको हो: विप्लव सी
फागुन २ सल्यान ।
नेकपाका महासचिव नेत्र बिक्रम चन्द, विप्लव सी ,ले आजको गणतन्त्रको आधार फागुन १ गते र माओवादी जनयुद्धले खडा गरेको बताउनु भएको छ।
३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनले सल्यानको बागचौरमा आयोजना गरेको बिपिन भण्डारी मेमोरियल पार्कको उद्घाटन तथा बेपत्ता योद्धा बिपिन भण्डारीको सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह नभइ सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा भएकाे बताए । उनले ‘जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व भएकोले सबैले आजको दिनलाइ खुसी गर्वका साथ आत्मसात गर्न आग्रह गर्नु भएको थियो।
उहाँले देशमा जनयुद्ध र माओवादी आन्दोलन नभएको भए देश आज पनि एक सय बर्ष पछाडि पर्थ्यो तर जनयुद्धले देशलाइ एक सय बर्ष अगाडि लिएको हुँदा जनयुद्ध र गणतन्त्रले थोरै भएपनी महिला दिदिबहिनी दलित समुदायले मुक्ति पाएको र उनीहरुले चुलो चौको बाट बाहिर आइ आफ्नो अधिकार आफै माग्न सक्ने भएको दलित समुदाय आफै आफ्नो अधिकार र विभेदका लागि लडन सक्ने भएकोले यो स्थिति जनयुद्ध र फागुन १ गतेले पैदा गरेको बताउदै केही मान्छेले इख फेर्न लागि झोक चलाएर जनयुद्ध र माओवादी आन्दोलनलाई तोडफोड गर्न खोज्ने अफवाह फैलाउने र गलत ब्याख्या गरेपनि गणतन्त्रको मजबुत जग खडा गरेको जनयुद्ध र फागुन १ ले गरेको उहाँको जिकिर थियो।








लेखकको सम्वन्धमा