गणतन्त्र ल्याए पनि सुख पाइने छैन भन्ने अनुमान चुनवाङ बैठकमा अनुमोदन भएको थियो : बस्नेत

गणतन्त्र ल्याए पनि सुख पाइने छैन भन्ने अनुमान चुनवाङ बैठकमा अनुमोदन भएको थियो : बस्नेत

सल्यान फागुन १।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, कर्णाली प्रदेश सह-इन्चार्ज तथा पुर्व मन्त्री टेक बहादुर बस्नेतले जनवादि गणतन्त्र र बुर्जुवा गणतन्त्रको बिचमा तानातानको स्थिति पैदा भएको बताउनु भएको छ।

बिपिन भन्डारी फाउन्डेसनले जनयुद्ध दिवसको अवसरमा सल्यानको बागचौरमा आयोजना गरेको बिपिन भण्डारी मेमोरियल पार्क उदघाटन तथा बेपत्ता योद्धा बिपिन भण्डारीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्न उपस्थित हुनु भएका पुर्व मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो।

यस्तै उहाँले माओवादी आन्दोलन र आफुहरुले गणतन्त्र ल्याएको भएपनी सुख भने नपाएको बताउदै। त्यो बुर्जुवा वर्गले उतै आफू तिर तान्न खोज्ने छ र हामिले आफुले तान्न खोज्ने छौ भन्ने कुराको अनुमान २०६२ सालको चुनवाङ बैठकमा अनुमोदन भएको बताउनु भएको थियो ।

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज