बनिबनाउ राज्य सत्ताबाट समाजवादी क्रान्तिको उद्घाटन सम्भ्व छैन: पुर्व मन्त्री बस्नेत
सल्यान फागुन,१।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कर्णाली प्रदेश सह-इन्चार्ज तथा पुर्व मन्त्री टेक बहादुर बस्नेतले बनी बनाउ राज्य सत्ता बाट समाजवादी क्रान्तिको उद्घाटन सम्भव नरहेको र यसका लागि सचेत प्रयत्न जरुरी रहेको बताउनु भएको छ।
बिपिन भन्डारी फाउन्डेसनले जनयुद्ध दिवसको अवसरमा सल्यानको बागचौरमा आयोजना गरेको बिपिन भण्डारी मेमोरियल पार्क उदघाटन तथा बेपत्ता योद्धा बिपिन भण्डारीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्न उपस्थित हुनु भएका पुर्व मन्त्री बस्नेतले यस्तो बताउनु भएको हो।
यस्तै उहाँले जनयुद्धको तीन दशक समयसम्म पनि अहिलेको परिवर्तन आमूल परिवर्तन नभई राज्यको पुनः संरचना मात्र भएको बताउदै पुनः संरचनाबाट भएपनी यो व्यवस्थालाइ समाजवाद उन्मुख भनेर संविधानमा अनुमोदन गराइसकेको बताउनु भएको थियो ।












लेखकको सम्वन्धमा