जनताले माओवादीलाई २०६४ दिएको मतलाई हामीले जेनेट गर्न सकेनौं : विप्लव
माघ ३० सल्यान ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लब सी ले २०६४ सालमा माओवादीलाई नेपाली जनताले दिएको जनमत चौरमा पोखिएको पानी जस्तै भएको हुँदा आफुहरुले त्यसलाई जेनेट गरेर उत्पादनमा जोडन नसकेको बताउनु भएको छ।
०६४ मा जनताको जनमतले पानी झै चिस्यान सबै ठाउँ दिए पनि त्यसको शक्ति केहो भन्ने कुरा व्यक्त हुन नपाएको हुँदा आफुहरुले त्यसलाई संचित गरेर जेनेट गर्न खोजेको तर त्यसो हुन नसकेको बताउनु भएको हो।
भोलि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बेपत्ता योद्धा बिपिन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न सल्यानको बागचौर आउनु भएका महासचिव विप्लव सी लाई सल्यान उद्योग वाणिज्य संघले श्रीनगरमा गरेको स्वागत कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको थियो।
यस्तै महासचिव विप्लव सी ले ०६४ मा जनताले शान्तिपूर्ण क्रान्ति गरेर जुन आशा र विश्वास दिएका थिए त्यसलाई माओवादीले थेग्न नसकेको र त्यसलाई थेग्न नसक्नु नै माओवादीको ठूलो भूल भएको हुँदा अरुलाई गाली गर्नु भन्दा आफ्नै कमजोरीका कारण जनताले दिएको भारलाई थेग्न नसकेको उहाँको भनाई थियो ।









लेखकको सम्वन्धमा