ढिलो चाँडो विप्लव नेतृत्वको नेकपा सँग एकता हुन्छ : महरा

ढिलो चाँडो विप्लव नेतृत्वको नेकपा सँग एकता हुन्छ : महरा

दाङ, माघ २८।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले ढिलोचाडो विप्लव नेतृत्वको नेकपा सँग एकता हुने बताएका छन्।
लुम्बिनी प्रदेशको राजधानी देउखुरी स्थित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन लाई सम्बोधन गर्दै महराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सँग एकता हुने बताएका हुन् ।

एकता अलि ढिलो होला तर हामी एक ठाउँ हुनुपर्ने अहिलेको आवश्यकता रहेको छ। देशको राजनीति त्यति थाई स्थितिमा छैन। काङ्ग्रेस एमालेको सरकार छ तर निकै विघटनको ढिलमा पुगेको अबस्था रहेको बताउदै लामो बहसपछि भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले दक्षिणतिर गएको पार्टी दायाँतिर फर्किएको दाबी गरे । विभाजित मानसिकता भएका माओवादीहरू एक ठाउँमा उभिएपछि पार्टी ६४ को चालमा फर्किने दाबी गर्दै पार्टी केन्द्रीय समितिको बैठकले एकताको सन्देश दिएको र यो बिस्तारै अगाडि उनले बढ्ने बताएका हुन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज