प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी निर्वाचित

प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा भण्डारी निर्वाचित

माघ २३,सल्यान 
प्रेस चौतारी नेपाल सल्यानको सातौं अधिवेशनबाट अध्यक्षमा भुम प्रकाश भण्डारी निर्वाचित हुनु भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा सल्यानको सातौं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो।
जसको उपाध्यक्षमा वामदेव केसी, सचिव चुडामणि पिएम, र कोषाध्यक्षमा कुल बहादुर रेउले निर्वाचित भएका छ्न।

यस्तै सदस्यहरुमा  धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली, पुर्णिमा डिसी रहेका छन । अधिवेशनले केन्द्रीय परिषद सदस्यमा शंकर केसी र  शिवा डांगी तथा प्रदेश परिषद सदस्यमा झक्कु प्रसाद शर्मा  नोखिराम थापा बिकलाई निर्वाचित गरेको छ।