अहिलेको सरकार वीरेन्द्र र धीरेन्द्र शिल्ड कसरी खेलाउने भन्नेमा लागेको छ: पूर्व मन्त्री शर्मा
सल्यान माघ २०।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्वघाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य, पुर्व कृषि सहकारी तथा भुमी ब्यवस्था मन्त्री भिम प्रकाश शर्माले अहिलेको सरकारले राष्ट्रपति रनिङ शिल्ड भन्दा पनि बिरेन्द्र र धिरेन्द्र शिल्ड कसरी खेलाउने भन्ने तिर लागि परिरहेको बताउनु भएको छ।
शनिवार नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा पाल्नु भएका पुर्व मन्त्री शर्माले यस्तो बताउनु भएको हो
उहाँले आफ्नो समयमा आफू पनि खेलाडी भएको स्मरण गर्दै आफ्नो विद्यार्थीकालमा यस्ता धेरै रनिङ शिल्ड खेलेको
समयमा त्यति बेला रास्ट्रपति रनिङ शिल्ड नभई बिरेन्द्र धिरेन्द्र शिल्ड खेलाइन्थ्यो। अहिले जनताको रगत पसिना र आफुहरुको पहलले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँ गाउँ टोलटोलमा आएको बताउनु भएको थियो।
त्यस्तै पुर्व मन्त्री शर्माले कर्णाली जस्तो पिछडिएको हेपिएको ठाउँमा राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमै गराउने कुरामा वर्तमान सरकार लागि पर्नु भन्दा पनि अहिलेको संघिय सरकारलाई अध्यादेश ल्याएर प्राप्त भएको उपलब्धि कसरी कुठाराघात गर्ने कसरी कमजोर बनाउने जनताको अधिकारलाई कसरी खोस्ने र संघिय लोकतान्त्रिक गणतन्त्रलाई कसरी कंकाल बनाउने भन्ने तिर अगाडि बढिरहेको छ उहाँले भन्नू भएको थियो।
लेखकको सम्वन्धमा