तपाईहरुले ८४ को निर्वाचनमा बहुमत दिए देशलाई आर्थिक विकासको नयाँ युगमा लिन्छौँ: प्रचण्ड

तपाईहरुले ८४ को निर्वाचनमा बहुमत दिए देशलाई आर्थिक विकासको नयाँ युगमा लिन्छौँ: प्रचण्ड

दाङ माघ ११।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा गरेको जस्तो माया विश्वास र मतदान आगामी निर्वाचनमा गर्न आग्रह गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र दाङ तुलसीपुर उपमहानगरपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू र पार्टीले गरेको गल्तीलाई सच्याउदै गएको बताउँदै २०६४ सालमा जस्तो मत दिन अपिल गर्नु भयो।

तपाईँहरूले फेरि एकचोटी ६४ सालको जस्तो माया र विश्वास गरि दिनुभयो भने २०८४ मा पार्टीले बहुमत ल्याएर सरकारमा गएर यो देशबाट भ्रष्टाचारको जरा उखेल्ने सामाजिक विभेदको पुर्णरुपमा अन्त्य गर्दै देशलाई आर्थिक विकास र रोजगारीको एउटा नयाँ युगमा लैजाने बताउदै अन्तः न्यायाधीश तपाई जनताहरू नै भएको हुदा यही अपिल गर्न म तपाइहरुको सामु आएको हुँ प्रचण्डले भन्नु भएको थियो ।

जीवनको अन्तिम क्षणसम्म केही गर्ने हुटहुटी भएको बताउँदै उहाँले माओवादीबाट विभाजन भएर गएकालाई एकतावद्ध गर्ने अभियानमा समेत आफु लागेको उहाँले बताउनु भयो।