संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदलको संयोजकमा ज्वाला 

संविधान संशोधनबारे अध्ययन गर्न एकीकृत समाजवादीको कार्यदलको संयोजकमा ज्वाला 

काठमाडौं पौष २
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले संविधान संशोधनबारे अध्ययन गर्न कार्यदल गठन छ ।

एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्ष एवम् पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो।

‘अहिले संविधान संशोधनको सबैभन्दा बढी चर्चा भइरहेको र सरकारका दलहरूले संविधान संशोधनको कुरा गरिरहेको बेला के प्रस्ताव ल्याउँछन् थाहा नभएको तर, एकीकृत समाजवादीले संविधान संशोधनसम्बन्धी आजको आवश्यकता, उपादेयता, संशोधन गर्ने विभिन्न पक्षबारे अध्ययन गर्नका लागि सुझाव कार्यदल गठन गरेको बताएको छ।

कार्यदलको सदस्यहरूमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राईलाई रहेका छन।