विप्लव (सी ) नेतृत्वको नेकपा ले आगामी ०८४ सालको निर्वाचनमा भाग लिने
बुटवल पौष २
नेत्रविक्रम चन्द (विप्लव ) सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ०८४ सालको आम निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको केन्द्रीय कमिटीको बैठले सो निर्णय लिएको हो ।
तर, निर्वाचनमा भाग लिनका लागि आफ्ना नेताहरूमाथि लागेको मुद्दा खारेज हुनुपर्ने माग सो पार्टीले राखेको छ ।
‘०८४ को आम चुनावमा भाग लिने निर्णय भएको पार्टीका नेता अनिल शर्मा ‘विरही’ बताए । तर, सरकारले पार्टीका नेताहरूमाथि लगाएको मुद्दा खारेज गर्नुपर्ने र यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पनि उनले बताए ।
लेखकको सम्वन्धमा