नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा शाह

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा शाह

काठमाडौं मङ्सिर ३०

नेकपा (बहुमत)  निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

आइतबार पोखरामा सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ।

जसको उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन्।

संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला रहेका थिए भने अन्य अतिथिहरुमा संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतको उपस्थिति थियो।