मुलुकको स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने भट्टराईको जोड

मुलुकको स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने भट्टराईको जोड

काठमाडौं मङ्सिर २९

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा उनले ठूलो आन्दोलन र मिहिनेतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको उल्लेख गरे ।

उनले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापित गर्नका निम्ति सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिस स्वीकार्य नहुने उनको भनाइ थियो

भट्टराईले मुलुकको स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधन गर्दा विभिन्न शक्तिलाई खेल्ने ठाउँ दिन नहुने उनले बताए । लडेर बनाएको जनताको संविधान बचाउनका निम्त सबै एक हुनुपर्ने उनले उल्लेख गरे ।