नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नेपाल राष्ट्रबैंकलाई ६ बुदे माग सहित ज्ञापनपत्र
बाके मङ्सिर २२
धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले नेपाल राष्ट्र बैंक लाई ६ बुदे माग सहित बुझायो ज्ञापन पत्र बुझाएको छ।
शुक्रबार एक विज्ञपति जारी गर्दै अहिलेको वर्तमान परिवेशमा बैंक तथा वित्तीय संस्थाले मच्चाएको आतंकलाई नियमन गर्न सचेतना स्वरूप ज्ञापन पत्र बुझाएको पार्टीले जनाएको छ।
नेपालगन्जमा रहेको नेपाल राष्ट्र बैंकको कार्यालय मार्फत राष्ट्र बैंकको केन्द्रिय कार्यालयका निर्देशक लाई तत्काल समस्या समाधान गर्न ध्यानाकर्षण ज्ञापन पत्र बुझाएको हो।
गत मंसिर ११ गते राष्ट्र बैंकले कर्णाली बिकास बैंकको नाममा जारी गरेको सुचना र त्यस पछि मंसिर १३ गते कर्णाली विकास बैंकले निकालेको प्रेस विज्ञप्ति प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउदै राष्ट्र बैंकको सुचना र कर्णाली बिकास बैंकको विज्ञप्तिको सन्दर्भमा पार्टीको आधिकारिक धारणा राख्न ज्ञापनपत्र बुझाएको बताएउदै निम्न मागहरु पेश गरेको छ।
. कर्णाली विकास बैंकलाई संकटउन्मुख होइन तत्काल संकटग्रस्त घोषणा गर्नु पर्ने।
. कर्णाली बिकास बैंकलाई बर्बाद पार्ने गिरोहलाइ कार्वाहिको दायरामा ल्याउनु पर्ने ।
. राष्ट्र बैंकको तर्फबाट सुपरिवेक्षणमा गएर कर्णाली बिकास बैंकका काला कर्तुतमा पर्दा हाल्ने कर्मचारीलाई कार्वाही गर्नु पर्ने।
. जनताको निक्षेपको ग्यारेन्टी गर्नुका साथै जनतालाइ आफ्नो निक्षेप फिर्ता पाउन राष्ट्र बैंकले निश्चित समय दिएर आव्हान गर्नु पर्ने ।
.कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक तथा पुर्व संचालक , शेयरधनी, भ्यालुएटर लगायतकाको बैंक खाता , सम्पत्ति रोक्का र विदेश जान अविलम्ब रोक्नु पर्ने।
. जोखिमपुर्ण अवस्थामा भएको बैंकको शेयर मुल्य अधिक देखाइ किर्ते गरि सर्वसाधारण ठग्ने धितो बोर्डका संलग्न कर्मचारिलाइ कार्वाहिको दायरामा ल्याउनुपर्ने जस्ता मागहरुलाई यथासिघ्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आह्वान गरिएको र यदि वेवास्ता गरिए पार्टी संघर्षमा उत्रिन बाध्य हुने पार्टीका ५ नम्वर व्युरो इन्चार्ज तिलक र ६ नम्वर व्युरो इन्चार्ज संगम को हस्ताक्षरितको विज्ञप्तिमा उल्लेख गरिएको छ।
लेखकको सम्वन्धमा