दक्षिण कोरियामा राष्ट्रपतिले लगाएको ‘मार्सल ल’ संसदले उल्ट्यायो
काठमाडौ मङ्सिर १९
दक्षिण कोरियामा राष्ट्रपतिले यून सुक योलले मंगलबार साँझ लगाएको इमरजेन्सी मार्सल ल त्यहाँको संसदले उल्ट्याएको छ।
राष्ट्रपति योलले विपक्षी पार्टीलाई विद्रोको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै आपतकालीन सैनिक कानुन घोषणा गरेको केही घन्टामा संसदले त्यसलाई उल्ट्याएको हो।
नेशलन एसेम्बलीका ३०० मध्य १९० सांसद राष्ट्रपति योलले घोषणा गरेको मार्सल ल को विपक्षमा उभिएपछि सैनिक कानुन फिर्ता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
दक्षिण कोरियाको संविधान अनुसार राष्ट्रपतिले लगाएको मार्सल ल संसदको बहुमतले उल्ट्याउन सक्छ।
राष्ट्रपतिको निर्णय उल्ट्याउन उनकै पार्टीका सांसदहरू पनि मार्सल लको विपक्षमा उभिएका थिए।बहुमत सांसदहरूले आफ्नो निर्णयविरूद्ध उभिएपछि राष्ट्रपति योलले मार्सल ल हटाएका छन्।
राष्ट्रपतिको निर्णय उल्टिएसँगै त्यहाँका राजनीतिक दल र नेताहरुले उनको राजीनामा मागेका छन्।
लेखकको सम्वन्धमा