मिटरब्याजीलाई नेकपा (बहुमत)दाङको १५ दिने सूचना तथा खबरदारी

मिटरब्याजीलाई नेकपा (बहुमत)दाङको १५ दिने सूचना तथा खबरदारी

दाङ मङ्सिर १७

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका मिटरब्याजीलाइ १५ दिने सूचना जारी गरेको छ ।
पार्टीका दाङ जिल्ला सेक्रेटरी अमरले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनबुँदे सुझाव दिएका छन।

बैंकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरी जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिन अनुरोध गरेको छ ।
यसैगरी कालोसूची (ब्ल्याक लिष्ट) हटाउन, दृष्टिबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न, मिटरब्याजी र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हुदा सम्मको न्यूनतम व्याज लिई फिर्ता गर्न विनम्रतापूर्वक निर्देशनात्मक अनुरोध गरेको छ।
विज्ञप्तिमा उल्लेखित ३ निर्देशन कत्ति पनि मोलाहिजा नगरी इमान्दारीतापूर्वक कार्यान्वयन होस हामी चाहन्छौं कि कुनै अप्रिय निर्णय लिनु नपरोस बेलैमा चेतना भया हाम्रो अनुरोधलाई कमजोरी ठानी अटेरी गरेमा पार्टीले निर्मम र निर्णायक जनकारबाही गर्न बाध्य हुने छौ।
एक जिम्मेवार पार्टी हुनुको नाताले गम्भीरतापूर्वक साथ भन्न चाहान्छौ आम शोषित पीडित गरिब सर्वहारा श्रमजीवी रगत पसिना चुस्ने जो कोहि पनि पार्टीको निशानाम पर्ने खडका द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै नक्कली मिटरब्याजी पीडित बनी पार्टीलाई गुमराहमा राख्न खोजे त्यसको नतिजा राम्रो नहुने र पार्टीले सक्कली मिटरब्याजी पिडित को हो को होइन भनी अध्ययन समेत गरिसेको जानकारी दिएको छ।