नेकपा (बहुमत) दाङले मिटरब्याजी आरोपित श्रीमान श्रीमतीको नाक काटिदियो
दाङ मङ्सिर ६
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले मिटरब्याजी आरोपित एक दम्पतीको पिलासले च्यापेर नाक काटिदिएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमरले एक बिज्ञप्ती मार्फत सार्वजनिक गर्नु भएको छ ।
उहाँका अनुसार घोराहीको मुख्य बजार क्षेत्र बिपी चोक नजिकै आज बिहान दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार पिलासले नाक समातेर चक्कुले उनीहरुको नाक काटिएको हो ।
बस्नेत दम्पतीले १६८ बढी सर्वसाधारणसँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाहि गरेको बताएको छ ।
मिटरब्याजी बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी आरोपमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको थियो ।
बिहान सर्वसाधारणको घरघरमा गएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारि नेकपा (बहुमत)का नेता कार्यकर्ताहरुले पीडितको सहभागीतामा उनीहरुलाई कारबाहि गरेका हुन ।
जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले रकम लेखेर मुद्धा हाल्ने काम गरेको, हुण्डि कारोबारमा संलग्न रहेको, मिटर ब्याज मार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरि अकुत सम्पत्ति जम्मा गरि औपचारिक क्षेत्रबाट बिदेश पलाएन गराएको लगायतका कारण जनकारबाहि गर्न परेको नेकपा (बहुमत) दाङले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
यस सँगै नेकपा बहुमतले मिटरव्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ । यदि १५ दिन भित्र जनताको घर जग्गा र चेक अनाधाकृत मुद्धा फिर्ता गर्न चेतावनी दिएको छ ।
लेखकको सम्वन्धमा