दाङको घोराहीमा कार्तिक १० गते ‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठी हुने
रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष र समग्र याेगदानका विषयहरु समेटेर आगामी जनवरीमा समापन गर्नेगरी जनस्तरबाट केन्द्रीय स्तरमा गठित लेनिन स्मृति शतवार्षिकी समितिले राजनधानीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने राजधानी बाहिर पनि कार्यक्रमहरु भइरहेका छन् ।
साेही अभियान अन्तर्गत आजको सन्दर्भमा लेनिनका योगदान, रुसमा भएको युगान्तकारी अक्टोबर क्रान्ति र प्रतिक्रान्तिका शिक्षाहरु, लेनिनवादको महत्व लगायतका विषयहरुलाई जनस्तरसम्म पुर्याउने उद्देश्य राखेर लेनिन शतवार्षिकी समिति दाङले यही कार्तिक १० गते गर्न लागिरहेकाे वृहत् विचार अन्रतक्रिया कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे लेनिन शतवार्षिकी समिति दाङका संयाेजक प्रमाेद धितालले बताए ।
उनका अनुसार दाङको घोराहीमा आगामी कार्तिक १० गते ‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठी हुन लागेकाे धितालले नयाँ दृष्टि अनलाइन खबर सग बताए । लेनिन स्मृति शतवार्षिकी, दाङ आयोजक समितिको आयोजनामा हुने सो कार्यक्रममा सतवार्षिकका केन्द्रीय संयोजक निनू चापागाइँ र सदस्य डा.अमर गिरी मुख्य वक्ताको रुपमा उपस्थित हुनेछन् ।
कार्यक्रममा आयोजक समितिकै केन्द्रीय सदस्य तथा दाङका संयोजक प्रमोद धितालले पेश गर्ने ‘लेनिन र आजको समय’ शिर्षकको कार्यपत्रमाथि शशिधर भण्डारी, डा. शुरामणि बेलबासे, सविन पोख्रेल, गणेश आचार्य र निर्मल आचार्यले टिप्पणी गर्नेछन् ।
केन्द्रमा गठित लेनिन स्मृति शतवार्षिकी समितिको केन्द्रीय आयोजक समितिले अन्तराष्ट्रिय लेनिन सेमिनार लगायत विभिन्न कार्यक्रम गरिसकेको छ भने तथा जिल्लाहरुमा गठित आयोजक समितिहरुले यस अघि विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । केन्द्रीय स्तरबाहेक पोखरा र दाङमा लेनिन स्मृति शतवार्षिकी आयोजक समितिहरु गठन गरिएका छन् ।
आयोजकहरुले आगामी जनवरीसम्म थप कार्यक्रम सहित शतवार्षिकी अभियान सम्पन्न गर्ने योजना बनाएका छन् ।
दाङको घोराहीमा हुने वृहत विचार गोष्ठीमा सक्रिय सहभागीताका लागि सम्पूर्ण समाज रुपान्तरणकारी, प्रगतिशील तथा वामपंथीहरुलाई आयोजक समितिले अनुरोध गरेको छ ।
लेखकको सम्वन्धमा