सहकारी ठगी आरोपमा रास्वपा सभापति रबि लामिछाने पक्राउ
काठमाडौं कात्तिक २।
तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरेका छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।
समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो । उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।
ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन गरिएको प्रतिवेदनमा खुलाइएको छ ।
सहकारीमार्फत सिधै लामिछानेले रकम अपचलन नगरे पनि जीबीले नै नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्कमा उनी र पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि समितिले उनीहरू दुवैजनालाई कारबाही सिफारिस गरेको थियो।
जोशीलाई प्रहरीले गएको असोज ६ गते नै पक्राउ गरिसकेको छ । जोशी कास्की प्रहरीको थुनामा छन् ।
लेखकको सम्वन्धमा